सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

सिन्धुपाल्चोकमा निर्वाचन अधिकृत कार्यलयकाे स्थापना

प्रकाशित समय: आइतवार, ०४ : १० बजे आश्विन २९ गते



सिन्धुपाल्चोकमा निर्वाचन अधिकृत कार्यलयकाे स्थापना

सिन्धुपाल्चोक, २९ असोज ,अागामी संघीय र प्रदेश निर्वाचनको लागि जिल्लामा  निर्वाचन अधिकृतकाे कार्यालयकाे स्थापना भएको छ ।

अाज सदरमुकामकाे जिल्ला वकिल कार्यलयमा दुवै क्षेत्रकाे निर्वाचन अधिकृतकाे कार्यालयकाे स्थापना गरिएको जिल्ला निर्वाचन कार्यलयले जानकारी दिएकाे छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा चन्द्रकान्त पाैडेल र क्षेत्र नम्बर २ मा प्रमुख निर्वाचन अधिकृत दिपक खनाल निर्वाचन अधिकृत ताेकिएका छन् ।

सदरमुकामकाे निर्वाचन क्षेत्रमा प्रमुख निर्वाचन अधिकृत नै ताेकिने प्रावधान छ ।

अागामी मंसिर १० गतेकाे लागि निर्वाचन ताेकिएकाे जिल्लामा कुल २ लाख छब्बीस हजार ५ सय १५ जना मतदाता छन् । 

क्षेत्र नम्बर १ मा १ लाख १४ हजार ३ सय तेईस मतदाता छन् भने क्षेत्र नम्बर २ मा १ लाख १२ हजार १ सय बयान्नब्बे मतदाता छन् ।

यसअघि तीनवटा क्षेत्र रहेकाे जिल्लामा राज्य पुनसंरचना पछि दुई क्षेत्र कायम  भएको  छ ।