काठमाडौ, १९ भदाै।अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बरबोटमा शनिबार बिहान हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट सन्दिखर्कतर्फ जाँदै गरेको गरेको बा ३ ख ८६३९ नम्बरको हाइस दुर्घटना हुँदा मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ वर्षीय सञ्जय विक छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर थापा क्षेत्रीले दुर्घटनमा भूमिकास्थानका २७ वर्षीय श्याम नेपाली र सन्दिखर्क–१ का ३२ वर्षीया सीता मुखिया गम्भीर घाइते भएका छन् ।गम्भीर गाइते र अन्य घाइते सन्दिखर्क – १२ का ६० वर्षीय गोविन्द बस्यालसहित ५ जनालाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । हाइसमा ११ जना सवार रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ