सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ४ भदौ २०७६ / Wednesday, 21 August 2019

लगनखेल डोजोले भब्यरुपमा मनायो गुरुपूर्णिमा


प्रकाशित समय: मगलवार, ११ : २२ बजे असार ३१ गते



लगनखेल डोजोले भब्यरुपमा मनायो गुरुपूर्णिमा

ललितपुर,नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले लगनखेलमा आज भव्यताकासाथ गुरु पुजा मनाएको छ।

 

नेपाल भरिकै उत्कृष्ट डोजोको रुपमा मानिने लगनखेल डोजोमा डोजोका संस्थापक गुरु, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष एवं अन्तर्राष्ट्रिय रेफ्री मीन कृष्ण महर्जनलाई खादा, टिका लगाएर सम्मान गरिएको थियो।

 

उक्त अवसरमा डोजोका संस्थापक गुरु मीन कृष्ण महर्जनले केक काटेर एक आपसमा आशीर्वाद तथा शुभकामना आदानप्रदान गरी गुरु पूजा मनाइएको थियो।

 

गुरु पुर्णिमाको अवसर पारेर अन्तराष्ट्रिय खेलाडी समेत रहेका महर्जनलाई सम्मान गरिएको उक्त कार्यक्रममा वरिष्ठ प्रशिक्षक बिक्रम ब. श्रेष्ठ,कराँतेका नेशनल कोच तथा आठौं साफ स्वर्ण पदक विजेता गंगाराम महर्जन, अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं आठौं,नवौं साफ गेमका स्वर्णपदक विजेता दिपक श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडीहरु दयाराम महर्जन, नविन्द्र देव सिंह,राजे श्रेष्ठ, राजेश बज्राचार्य, श्याम महर्जन,सागर श्रेष्ठ, ध्रुव खनाल, बुद्धी ब. श्रेष्ठ,उमेश ढुंगेल, सुरेन्द्र कपाली, विनोद महर्जन, मुकुन्द महर्जन,सागर चित्रकार, चन्द्र श्रेष्ठ, विप्लव श्रेष्ठलगायतका खेलाडीहरूको उपस्थिति रहेको थियो।