दाङ, २१ भदौ।नेपाली कांग्रेस दाङले आज सोमबार वडा तहको अधिवेशन गर्दैछ । कांग्रेसले १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि तल्लो तहमा अधिवेशन गर्न लागेको हो । जिल्लाका ५० वडामा सहमति भइसके पनि बाँकी ५० वडामा सोमबार मतदानमार्फत् नयाँ नेतृत्व चयन हुने कांग्रेस दाङ सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए ।
बिहान ७ बजेबाट मतदान प्रक्रिया सञ्चालन भइरहेको छ । वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो ।पाँच पटकसम्म कार्यतालिका परिवर्तनपछि १४औँ महाधिवेशन गर्न टुंगोमा पुगेको कांग्रेसले वडा तहको निर्वाचन शुक्रबारबाट थालेको हो । दाङमा भने तीन दिनपछि निर्वाचन हुन लागेको हो । जिल्लामा अधिकांश वडामा मूल नेतृत्वको लागि मात्रै निर्वाचन हुन लागेको जिल्ला निर्वाचन सहायक अधिकृत कुमार श्रेष्ठले जानकारी दिए ।
जिल्लामा वडा अधिवेशनका लागि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध एवं उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ