उदयपुर । नेपाल मुस्लिम संघ उदयपुरले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा समावेशी कोटा सुनिश्चित गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
जिल्ला अध्यक्ष नजबुल खान (निलम) नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दबाब दिँदै जिल्लास्थित कांग्रेसको पार्टी कार्यालयमै सभापति विदुर बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
मुस्लिम संघले वडामा मात्रै नभएर अब बाँकी तहमा पनि समावेशी समूहको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको अध्यक्ष निलमले बताइन् । संघका पदाधिकारी पार्टीको महाधिवेशनमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै केहीबेर धर्नासमेत बसेका थिए ।
निर्वाचन निर्देशिकामा भएको त्रुटि सच्याउन माग गर्दै धर्नामा बसेको निलमले बताइन् । २७ भदौभित्र आफूहरूको माग सम्बोधन नभए कडा आन्दोलनमा जाने संघले अल्टिमेटम दिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ