सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

कांग्रेस १४औं महाधिवेशन : ज्ञवाली बने जिल्लाकै कान्छो वडा सभापति

प्रकाशित समय: शुक्रवार, ०३ : ३७ बजे भदौ २५ गते



कांग्रेस १४औं महाधिवेशन : ज्ञवाली बने जिल्लाकै कान्छो वडा सभापति

पाल्पा,२५ भदौ।नेपाली कांग्रेसको १४औं महाधिवेशनले पाल्पाको ८१ वटै वडामा नयाँ नेतृत्व पाएको छ । २१ भदौदेखि सुरु भई सम्पन्न भएको वडा अधिवेशनले जिल्लामा युवा पुस्तादेखि पाका पुस्तासम्मको नेतृत्व पाएको छ । २ नगरपालिका र ८ पालिकामा भएको वडा अधिवेशनमा २८ वर्षीय प्रकाश ज्ञवाली जिल्लाकै कान्छो वडा सभापति बनेका छन् । ज्ञवाली रामपुर नगरपालिका-३ को वडाबाट सर्वसम्मत नेतृत्वमा पुगेका हुन् ।

 

ज्ञवाली विद्यार्थी राजनीतिदेखि तरुण दल हुँदै सक्रिय राजनीतिमा लागेका थिए । नेपाल तरुण दल रामपुरका सहसचिव समेत रहेका ज्ञवाली नगरभित्रका हरेक गतिविधिमा स्पष्ट धारणा राख्ने सक्रिय व्यक्तिको रुपमा चिनिएका थिए । वडा सभापतिमा निर्वाचित ज्ञवालीले आफू नामका लागि नभई कामका लागि नेतृत्वमा आएको बताए । ज्ञावलीले भने, 'विगतदेखि नै समाजिक कार्यमा सक्रिय भएर लाग्दै आएको छु । म नामको लागि होइन समाजमा युवाको तर्फबाट केही गर्छु भनेर सक्रिय राजनीतिमा आएको हुँ ।' ज्ञवालीले आफू सिकाईको चरणमा रहेको भन्दै अग्रजहरुको सुझाव र सल्लाहअनुसार अघि बढ्नेसमेत बताए ।