काठमाडौँ, २७ भदौ।सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका युवालाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।
पक्राउ परेका युवालाई बिहान १० बजे चैनपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ती युवकले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित उहाँको परिवारका ६ जनाको गत सोमबार बिहान शव फेला परेको थियो । त्यसपछि सोमबार बेलुकी घटनास्थल पुगेको प्रहरी टोलीले मंगलबारदेखि अनुसन्धान थालेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ