सुनसरी, २७ भदौ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी एक सातापछि काममा फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिको धेरै माग पूरा भएको र बाँकी पूरा हुने प्रक्रियामा रहेको जानकारी गराएपछि स्वास्थ्यकर्मी नियमित काममा फर्केका हुन् । योसँगै आजैदेखि ओपिडीसहितका अन्य सेवाहरू पनि सुचारु भएको छ ।संघर्ष समितिका सदस्य डा. पदम नेपाललीले स्वास्थ्य मन्त्रालयसहित सबै पक्षबाट अनुरोध भएका कारण ओपिडीसहितका सबै सेवाहरू सञ्चालनमा आएको बताए । उनले उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा लागेको तालाबन्दी भने यथावत रहेको प्रष्ट पारे । साथै, पदाधिकारीहरू चढ्ने गाडीको चाबी नियन्त्रण पनि यथावत रहने उनले बताए ।
उच्चस्तरीय कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन गर्न सरकारले ढिलासुस्ती गरेपछि आन्दोलनरत पक्षले एक साताअघिदेखि इमरजेन्सी र कोभिड अस्पतालबाहेक सबै सेवा बहिष्कार गरेको थियो । उनीहरूले नियमित सेवा ठप्प पारेर एक सातादेखि उपकुलपति कार्यालय अगाडि विरामीलाई बाहिरैबाट सेवा दिएका थिए ।
सहमति पुनः कार्यान्वयनमा ढिलासुस्ती भएमा कडा आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ