ललितपुर । नेपाली काँग्रेस ललितपुर क्षेत्र नं.१ को प्रदेश सभा १ मा लोकप्रिय नेता ऋषिराम घिमिरेले प्रदेश सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं.१ को प्रदेश सभा १ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
लगनखेलबाट सुरु भएको र्यालीमा ललितपुरका तीनवटै क्षेत्र र छवटा प्रदेश सभाका उम्मेद्वार साथ बिहीबार दिउँसो २ बजेतिर जाउलाखेलमा पुगेर उहाँले प्रदेशसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दिनु भएको हो । 
आमाको आशीर्वाद लिएर उम्मेदवारी दर्ताका लागि घरबाट निस्कनु भएका घिमिरे दर्ता गर्ने ठाँउ जाउलाखेलसम्म हजारौ समर्थकहरुको र्यालीको साथ पुग्नुभएको थियो । उहाँले महाङ्काल गाँउपालिका वडा नं. ५ चन्दनपुरका अध्यक्ष खोम प्रसाद दाहाल प्रस्तावक तथा कोन्ज्योसोम गाँउपालिका वडा नं. ४ नल्लु का अध्यक्ष तिर्थ लामा समर्थक राखि उम्मेदबारी दर्ता गराउनु भएको हो ।
२०४९र २०५४ को स्थानिय निर्वाचनमा गा.वि.स. अध्यक्षबाट निर्वाचित हुनुभएका समाजसेवि घिमिरेले उम्मेदवारी दर्ता पछि ललितपुरको पर्यटन,कृषि,यातायात लगायत समग्र विकासको लागि उम्मेदबारी दिएको बताउनु भयो । आफु जहिले पनि जनताको घर आँगानमा खेल्ने रमाउने भएको कारण ललितपुर क्षेत्र नं.१ को प्रदेश सभा १ का जनता र समर्थकले आफुलाई रोज्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँसँग ललितपुरमा नाम नै नसुने कि वाम गठबन्धन कि उम्मेदवार लाल कुमारी पुन शुशिला सँग प्रतिस्पर्धा हुने भएको छ । सबैका विश्वासिला लोकप्रिय नेता ऋषिराम घिमिरेको जीत सुनिश्चित भएको स्थानीयहरु बताउछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ