किमाथाङ्का, ३१ भदौ।सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।
हत्या गरिएकी लोकबहादुरकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा नरेशको साथबाट बरामद गरेकाले उनलाई अनुसन्धानको दायरामा ल्याइएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । उक्त हत्याकाण्डमा लोकबहादुरलाई सहयोग गरेको आशङ्कामा नरेशमाथि समेत छानबिन थालिएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान गर्न १० प्रहरी घटनास्थलमा तैनाथ गरिएको छ ।
यही भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । उनीहरुको हत्या आफुले गरेको लोकबहादुरले प्रहरी समक्ष स्वीकारेका छन् । उनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ । हत्यापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक रुगम कुँवर, सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल र सङ्खुवासभाका उपरीक्षक लालध्वज सुवेदीसहितको टोली घटनास्थलको पुगेको थियो । रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ