गण्डकी, १ असोज।गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विश्वव्यापीरुपमा पैmलिएको कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ ।
पोखरा महानरपालिका–१६ बाटुलेचौरमा सञ्चालित मातृशिशु मितेरी अस्पताल प्रयोगशाला अन्तर्गत सेवा विस्तारको आज उद्घाटन गर्दै उहाँले जनतालाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । अस्पतालले छोटो समयमा स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नविनतम प्रविधिको जडानसहित प्रयोगशालामार्फत जनतालाई अस्पतालले दिएको स्वास्थ्य सेवा महत्वपूर्ण छ ।”
प्रदेशसभा सदस्य कृष्ण थापाले मातृशिशु मितेरी अस्पतालको निर्माणमा हालसम्म १८ करोड लगानी भएको जानकारी दिनुभयो । उहाँले अब अस्पतालमा १०० शय्या व्यवस्थापन गर्न लाग्नुपर्नेमा जोड दिँदै यस अस्पतालमा नर्सिङ कलेजको स्थापना गरे शिशु र आमाको उपचार सेवामा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालले मातृशिशु मितेरी अस्पतालमा आमा र नवजात शिशुको उपचार गरिने जानकारी दिँदै हाल ५५ शय्यामार्फत निःशुल्करुपमा बिरामीको उपचार भइरहेको बताउनुभयो ।
“२० शय्याको कोभिड वार्डको व्यवस्थापन गरी निःशुल्क उपचार दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “अब दन्त रोग सेवासमेतलाई विस्तार गरिने योजना रहेकोछ ।” कार्यक्रममा पोखरा १६ का वडाअध्यक्ष जीवन आचार्य, वरिष्ठ इन्जिनीयर महेन्द्र गोदार र शारदा मोहन काफ्लेलगायतले जनस्वास्थ्यका लागि अस्पतालको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ