बुटवल, ३ असोज।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान पालनमा केही चुनौती आए पनि राष्ट्र सही बाटोमा अघि बढिरहेको बताएका छन् । संविधान दिवस–२०७८ को मूल समारोहलाई सम्बोधन गर्दै केसीले संविधानको पूर्ण पालना र सम्वद्र्धनका लागि सबै नेपालीहरुलाई आग्रहसमेत गरे । संविधान गतिशील दस्तावेज भएको भन्दै उनले संविधानभित्रै रहेर यसलाई अझै समृद्ध बनाउँदै लैजान सकिने बताए ।
‘हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था लगायत वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गरेको छ’, उनले भने, ‘यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी जनसमुदायमा बधाई ज्ञापन गर्दै आफ्ना अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपिल गर्दछु ।”
सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिन संविधान दिवस मनाइएको हो । त्यस अवसरमा प्रदेश पदक सिफारिश समितिले गरेको सिफारिसअनुसार ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषितका लागि नाम घोषणासमेत गरिएको छ ।
कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती मगर, उपसभामुख कृष्णी थारु, पर्यटन तथा सहकारी विकास मन्त्री डिल्ली चौधरी लगायतको उपस्थिति रहेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ