ललितपुर - राम्रो र उन्नत जातको बीउ नपाएर तपाई चिन्तित हुनुहुन्छ ? यदि हुनु हुन्छ भने यो चिन्ता अब छोडिदिनुस । ललितपुर महानगरपालिकाले महानगरको कार्यालय परिसरमा सिड एटिएम ।
उक्त भेन्डिङको उद्घाटन आइतबार कृषि मन्त्रालयका सचिव डा युवकध्वज जिसी र महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् । बिउ लिनका लागि मानवरहित उक्त मेसिनको स्क्रिनमा रहेको प्रेस बटन थिच्नुपर्छ । खरिद गर्न खोजेको बिउको फोटो थिच्दा त्यहाँ देखाएको रुपैयाँ बराबरको रुपैयाँ छिराउनु पर्छ ।
त्यसपछि बीउको प्याकेट प्राप्त हुन्छ । बीउको मुल्य, बीस, पचास र एक सय रुपैयाँ रहेको छ । ग्राहकले सिड एटिममा सफा नोट छिराउनुपर्छ । गत वर्ष महानगरभित्र नौ हजार मेट्रिक टन तरकारी उत्पादन भएको तथ्याङ छ । यसबाट ४५ करोड बजारिकरण हुने महानगरले दिएको छ । कृषि सचिव जिसीले कषिमा आधारित अर्थतन्त्रलाई माथि पुर्याउन शास्त्रीय र परम्परागत ढंगको कृषि परम्परालाई बदल्नु पर्ने बताए ।
उनले भने, ‘सिड एटिएम आधुनिक कृषिलाई प्रमोट गर्ने एउटा तत्व हो । ’ उनले खाने मुख बढ्दै गएको, कृषियोग्य जमिन घट्दै गएको अवस्थामा आधुनिक कृषि प्रणाली अपनाएर कृषि गर्नुपर्ने बताए । उन्नत बिउले ३० प्रतिशत उत्पादन बढी हुने बताउँदै यो एटिएमबाट प्राप्त हुने बीउ गुणस्तरीय हुने बताए ।
महानगरका प्रमुख चिरीबाबु महर्जनले सिड एटिएमको स्थापना महानगरलाई स्मार्ट सिटी बनाउने एउटा तत्व भएको बताए । उनले कौसी खेती र करेसाबारीको खेतीलाई प्रोत्साहित गर्न एटिएम स्थापना गरिएको बताए ।
उनले भने, ‘ यो एटिएमबाट प्राप्त हुने बीउ उन्नत खालका हुन्छन् ,उब्जनी धेरै हुन्छ । ’ उन्नत भए नभएको परीक्षण विज्ञहरु मार्फत गरिने उनको भनाई थियो । एटिएमको प्रभाव हेरेर महानगरपालिकाका २९ वटै वडा यो स्थापना गरिने उनले जानकारी दिए ।
ललितपुर महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत केशव अधिकारीले यो एटिएमबाट कृषकसँगसँग करेसा र कौसीमा खेती गर्न चाहने लाभान्वित हुने बताए । उनले पुराना, झुत्रे, रंग पोतिएका नोटहरुलाई मेसिनले स्वीकार नगर्ने बताए । उनले एटिएमका प्रयोग गर्नेहरुसँग अनुरोध गरे,‘कृपया मेसिनमा सफा नोट छिराइदिनुस ,सेवा जाहेको बिरुवाको प्याकेट छिटै प्राप्त हुन्छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2019. Local Media Publication Pvt. Ltd. All rights reserved. Maintained by ITtraders Pvt Ltd
प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
aadurga@gmail.com
बजार व्यवस्थापक:
कमल प्रसाद दहाल