सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, २८ मंसिर २०७६ / Saturday, 14 December 2019

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य - मुख्यमन्त्री पोखरेल


प्रकाशित समय: सोमवार, ०७ : २४ बजे श्रावण २७ गते



यातायात क्षेत्रको सिन्डिकेट अन्त्य -  मुख्यमन्त्री पोखरेल

पाल्पा-  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य भएको बताउनुभएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्लास्थित नेता तथा कार्यकर्ताका लागि आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले यातायातको क्षेत्रमा ठूलो आर्थिक चलखेलसँगै सिन्डिकेटको अन्त्य भएको बताउनुभयो । एउटा बस समितिमा दर्ता गर्दा  १५ लाखदेखि  २० लाखसम्म तिनुपर्ने बाध्यता हटेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

 

उहाँले नेता तथा कार्यकतालाई सङ्घीयता र सरकार विरोधी हमलाको सामना गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । “जनताको साथ चाहिने भएकाले पछाडि हटेर पनि सरकारले काम गर्नुपर्ने हुन्छ । सरकार लक्ष्यबाट भने पछि हटेको छैन”, उहाँले भन्नुभयो ।

 

जनतामा देखिएको भ्रम चिरफार गरी विरोधीको विरोधको सामाना गर्नुपर्ने उहाँको भनाइ थियो ।