बुटवल, ४ असोज।बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आक्रमण भएको छ । आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेका हुन् ।
पहिरो अवलोकनका लागि मेयर, नगर प्रहरी, नेपाल प्रहरीको टोली ज्योतिनगर पुगेको थियो । सो स्थानमा केही दिनअघि पहिरो खसेर घरमा क्षति पुगेको थियो । सोमबार पनि पहिरो खस्दा तीन घरमा क्षति पुगेको छ ।केही दिनअघि वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै मेयरमाथि नै हात हालेका हुन् । आज बिहान सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले दौडेर आएर मुक्का हानेका हुन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ