ललितपुर । नेपाली कांग्रेसका यूवा नेता उदय शम्शेरको निर्वाचन क्षेत्रमा कांग्रेस प्रवेश गर्ने लहर नै चलेको छ।ललितपुर क्षेत्र नं १ मा दिनहुँजसो विभिन्न पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ।
शनिबार प्यूटारमा आयोजित कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता पूर्णबहादुर घले कांग्रेस प्रवेश गरे। उनी स्थानिय तहको निर्वाचनमा एमालेको तर्फबाट वडा सदस्यका उम्मेदवार थिए ।
उनीसहित ५ जना एमालेका कार्यकर्तालार्इ प्रतिनिधि सभाका उम्मेदवार राणा र प्रदेश सभा ‘ख’का उम्मेदवार युवा नेता मीन कृष्ण महर्जनले टीका लगाएर कांग्रेस प्रवेश गराए। घले स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट सदस्यका उम्मेदवार थिए।
यस्तै शनिवार नै माल्टामा आयोजित चुनावी सभामा पनि राणा र महर्जनले ३५ जना माओवादी केन्द्रका कार्यकर्तालार्इ पार्टी प्रवेश गराए। पार्टी प्रवेश गर्दै एमालेका स्थानीय नेता घलेले विकासका लागि कांग्रेस आवश्यक रहेको बताए। उनले २५ बर्ष आफूहरुले कम्युनिष्टहरुलार्इ जिताएर भूल गरेको उल्लेख गर्दै विकासवादी नेता उदय राणाको विकल्प सोच्न नसकिने बताए।
अर्थ राज्यमन्त्रीसमेत रहेका राणाले चार बर्षमा गरेका विकासका कामहरुले उनको लोकप्रीयता बढ्दै गएको छ। उनी २०७० सालको संविधान सभा निर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका थिए। मन्त्री राणा र महर्जन चुनावी प्रचारलाई तिव्र पार्दै जनताको घरदैलो पुगिरहेका छन् ।
यस क्रममा अहिले वाग्मती गाउँपालिका अन्तर्गत गिम्दी,आश्राङ,प्युटार,माल्टा,इकुडोल,भट्टेडाँडा त्यस्तै गरेर कोन्ज्योसोम गाउँपालिकाको शंखु र दलचोकीमा घरदैलो कार्यक्रम सकिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ