खोटाङ, ५ असोज ।वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको विभिन्न सडक खण्ड पहिराेले भत्किएको छ । केही समयअघिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्डको दाम्दे खोला, भुलभुले धाम, बुवासुङलगायतका ठाउँमा सडक भत्किएको हो । गत असारमा निर्मलीडाँडाको दाम्दे खोला नजिक सडकको करिब ५०-६० मिटर खण्डको एक लेन भत्किएको थियाे ।
ढलान गरिएको लेन भत्किएर पहिरो खस्दा सोभन्दा मुनिको खेत पुरिएको छ । हाल सो स्थानमा छेउतिरकाे लेनबाट सवारी साधन वारपार गरिरहेका छन् । निर्माण कम्पनीले कमजोर संरचना बनाएका कारण मध्यपहाडी लोकमार्गका विभिन्न सडक खण्ड भत्किएको दोर्पाचिउरीडाँडा बुवासुङका स्थानीय गजेन्द्र राईले बताए ।
केही समयअघि नेर्पास्थित भुलभुले धाम नजिकै सडकको करिब ५०-६० मिटर खण्ड भासिएको छ । सो स्थानमा तारजालीसहितको पर्खाल नै लच्किएको छ ।भुलभुले धाम-नेर्पाकै बीचमा करिब ८०-९० मिटर खण्ड मेसिनरी वाल लच्किएर तल पुगेको छ । मध्यपहाडी लोकमार्गकै विभिन्न खण्डमा पहिरो जाँदा यात्रु जोखिम मोलेर यात्रा गर्न वाध्य छन् । पहिरोका कारण सडक थुप्रै ठाउँमा भत्किदा पनि निर्माण कम्पनीले मर्मतमा ढिलासुस्ती गरेको राईले बताए ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर)को काम भरतमैनाचुली सिद्धिसाई जेभी तथा सेखुवा–दिक्तेल (३६ किलोमिटर) सडक कालोपत्रेको काम रमन–गोल्डेन गुड जेभीले गरिरहेको छ । चखेवाभञ्ज्याङ–सेखुवा खण्डमा काम निकै सुस्त छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ