सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

अवरुद्ध मुग्लिन –नौविसे सडक ११ घण्टापछि सञ्चालनमा

प्रकाशित समय: बुधवार, ११ : ५६ बजे आश्विन ६ गते



अवरुद्ध मुग्लिन –नौविसे सडक ११ घण्टापछि सञ्चालनमा

मुग्लिन, ६ असोज।पहिराका कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ ।

 

यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिराका कारण गएराति ११ बजेदेखि दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।