सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

कांग्रेसकोे एजेन्डा प्रदेशको राजधानी काभ्रे

प्रकाशित समय: सोमवार, ०८ : ३१ बजे कार्तिक २७ गते



 कांग्रेसकोे एजेन्डा प्रदेशको राजधानी काभ्रे

काभे्र । कात्तिक २७ आसन्न निर्वाचनमा होमिएका जिल्लाका  कांग्रेस नेताहरुले प्रदेश नम्वर ३ को राजधानीलाई प्रमुख एजेन्डा बनाएर मत माग्न गाउँगाउँमा पुगेका छन ।नेपाल सरकारले काभे्रपलाञ्चोकको बनेपा र धुलिखेललाई अस्थायी राजधानी तोकेपछि काग्रेस नेताहरुले यसलाई स्थायी बनाउने मुख्य एजेन्डा बनाएका छन ।

 

‘प्रदेश न ३ का १३ जिल्ला मध्ये १० भन्दा बढी जिल्लाको सेन्टरमा पर्ने भएकोले काभ्रेलाई प्रदेशको राजधानी बनाउनुपर्ने एजेन्डा बनाएका छौ’ काँगे्रसका जिल्ला सभापति एवम् प्रतिनिधि सभा क्षेत्र न २ का उम्मेदवार मधुप्रसाद आचार्यले बताए । हरेक हिसाबले सक्षम रहेको काभे्रलाई जुन सुकै हालतमा राजधानी बनाइछाड्ने उनले दावी गरे ।

 

नेपाली काँगे्रसले पहिला देखी नै यो अभियान संचालन गदै आएको बताउँदै बाम गठबन्धनले भने चुनावका लागि मात्र एजेन्डा बनाएको उनको आरोप छ । कुन स्थानमा प्रदेशको राजधानी बनाउन उपयुतm हुन्छ भनेर समिति बनाएको थियोे तर त्यसले काभे्र नभएर अन्यत्र नै बनाउनुपर्छ भन्ने प्रस्ताव गरेको छ तर हामीले पहिला पनि पहल गरेको र अहिले पनि मुख्य एजेन्डा बनाएर मतदाताकोमा गएकाले लोकतान्त्रिक गठबन्धनको मुख्य एजेन्डा भएको दाबी गरे ।

 

निर्वतमान सांसद एवम् प्रतिनिधि सभा क्षेत्र न २ अन्र्तगत प्रदेश सभा क्षेत्र न मा २ नेपाली काँगे्रसबाट उम्मेदवारी दिनुभएका कञ्चनचन्द्र बादेले अन्य जिल्लाका राजनीतिक दलहरुसँग छलफल गरेर नै काभे्रलाई प्रदेशको राजधानी बनाउने मुख्य एजेण्डा बनाएको बताए ।

 

हामीले पहिला पनि यस विषयमा छिमेकी जिल्लाहरु सिन्धुली, रामेछाप, सिन्धुपालञ्चोक, दोलखाका सांसदहरु बीच छलफल चलाएका छौ, उहाँहरुले काभे्र बनाउने भए हाम्रो पनि साथ छ भन्नुभएको थियो । अहिले पनि हामीहरुले काभे्र बनाउँदा हुने फाइदाका बारेमा उपत्यका लगायत अन्य जिल्लाहरु सँग समन्वय मै छौ । उनको भनाई थियो ।

सरकारबाट अस्थायी राजधानी बनाउन बनेपा र धुलिखेल उपयुतm बनेर घोषणा हुनु नै हाम्रो प्रदेश राजधानी बनाउने बलियो आधार हो उनको तर्क थियो ।