सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

मतमाग्न नेताहरु गाउँ घर, देखि बारीमा

प्रकाशित समय: बिहिवार, ०५ : ५६ बजे कार्तिक ३० गते



मतमाग्न नेताहरु गाउँ घर, देखि बारीमा

काभ्रे । आसन्न निर्वाचनका लागि मत आफ्नो पक्षमा पार्न लागि नेताहरु गाउँ गाउँ पुग्न थालेका छन् । जित आफ्नो पक्षमा पार्नका लागि नेताहरु दिन रात नभनी मत माग्न व्यस्त छन् । आफ्नो चुनावी एजेण्डा सहित नेताहरु अहिले विकट गाउँ सम्म पुगेका स्थानमा कार्यकर्ता भेला पार्टी प्रवेश कार्यक्रम कोण सभा जस्ता कार्यक्रम गर्दै आएका छन् । नेपाली काग्रेसका कार्यकर्ताहरु मतदाताको घर आँगन सँगै खेतबारी सम्म पुग्न थाले पछि कृषकहरु समेत खुशी भएका छन् ।

 

मतमाग्न कोशी पारी पुगेका जिल्ला सभापति मधुआचार्य तथा डाँडापारीका विकट गाउँमा पुगेका निर्वतमान सभापति शिब प्रसाद हुमागाईको टोली मतदाताको घर घर तथा खेतबारी सम्म पुगेका हुन् ।मतमाग्ने बेलामा कृषकलाई काम सघाएको नक्कल गर्न हामी खेतबारीमा पुगेका होइनौ । सबै मतदाता हाम्रा कार्यक्रममा उपस्थिति हुन पनि सक्दैनन् । वर्ष दिन सम्म परिवार पाल्नुपर्ने बाली भित्र्याउनु ,बाली लगाउन कति कृषक व्यस्त छन ।

 

उनीहरुले काम गरिरहेको स्थानमै पुगेर मतमाग्नु हाम्रो कर्तव्य हो त्यसैले हामी कृषकको खेत बारी सम्म नै पुगेर मत मागेका हौ ।क्षेत्र नं १ का उम्मेदवार तिर्थ लामाले बताए । हाम्रो क्षेत्रमा पनि धेरै कार्यक्रम भए मञ्चमा बस्ने भाषण गर्ने भोट माग्ने गरेको मात्र देख्थ्यौं तर काग्रेस नेताहरु त घर घर र खेतबारी सम्म आए । सधै विकट मात्र भनेर चिनिने हाम्रो क्षेत्रका लागि पनि विकासको उत्तिकै खाँचो छ ।

 

काग्रेस नेताहरु देखि आफुहरुलाई खुशी लागेको डाँडापारीका एक मतदाताले बताए । मतमाग्दा कृषकको खेतबारीमा गएर सघाएको नक्कल गर्नु सोझा मतदाताको आँखामा छारो हाल्नु हो । हामी उनीहरुको काम सघाउन गएका होइनौ । बरु कृषकको समय किन खेर फाल्नु भनेर खेतबारी घर घर सम्म भेट्न मात्र पुगेका हो सभापति तथा उम्मेदवार मधु आचार्यले बताए । जिल्लाको विकट मानिएको डाँडापारी क्षेत्रमा काग्रेसले आम सभा, घरदैलो कार्यक्रम संचालन गरिरहेको छ ।

 

खानी खोला गाउँपालिकामा आयोजना गरेको कार्यक्रमा काग्रेस नेताहरुले माओवादीका पूर्व लडाकु तथा एमालेका जिल्ला स्तरका नेता लगाएत सयौंलाई पार्टी प्रवेश गरायो । पार्टी प्रवेश गराउँदै निर्वतमान सभापति शिब प्रसाद हुमागाईले नेपाली काग्रेसको नेतृत्वमा नै खोपासी तालढुङ्गा, सडक निमार्ण,स्थानिय गाउँहरुमा शिक्षा, स्वास्थ्य, जस्ता विषयमा विकास कार्य थालिए पनि कम्युनिष्टहरुले नै त्यसलाई पुरा गर्न नदिएको बताएका थिए ।

 

अहिले सम्म कम्युनिष्टहरुले नै जितेको उक्त क्षेत्र सधै कर्णालीकै रुपमा राखेकाले मतदाताले यो पटकको चुनावमा बामपन्थीहरुको गठबन्धनलाई धुलो चटाउने बताए । उता क्षेत्र नं १ घर्तिछाप, बनखु क्षेत्रमा पनि पहिलो चरणको प्रचार कार्यक्रम सम्पन्न भएको छ । उक्त क्षेत्रबाट पनि सयौको संख्यामा कार्यकर्ताहरु अन्य पार्टी परित्याग गरि नेपाली काग्रेसमा प्रवेश गरेका थिए ।

 

अघिल्लो संंविधान सभाको निर्वाचनमा काग्रेसले गरेका प्रतिबद्धता पुरा गरेकै कारण आफुहरुले काग्रेसको सदस्यता लिएको बताएका थिए । पार्टी प्रवेश गराउँदै उम्मेदवार तिर्थ लामाले दार्शनिकहरुकै राष्ट्रबाट कम्युनिष्ट शासन अन्त्य भएको समयमा नेपालमा यसको भविष्य नरहेको बताएका थिए । त्यसै गरी नमोबुद्ध नगपालिकामा शुक्रबार भएको कार्यक्रममा माओवादी नयाँ शक्ति तथा एमाले परित्याग गरी २ सय कार्यकर्ता काग्रेसमा प्रवेश गरेका छन् ।