सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

बेलायतमा एकैदिन ३४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण    

प्रकाशित समय: बुधवार, ०२ : ०८ बजे आश्विन १३ गते



बेलायतमा एकैदिन ३४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण    

लण्डन,१३ असोज।बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा ती सङ्क्रमितहरु थपिएका सो समाचारमा जनाइएको छ ।     

प्राप्त समाचारअनुसार यहाँ मंगलबार मात्र ३४ हजार ५२६ जना सङ्क्रमित भेटिएका थिए । अघिल्लो दिन यहाँ ३७ हजार जना सङ्क्रमित पाइएको बताइएको थियो । तर मंगलबार भने ३४ हजार जनामा झरेको पाइएको छ । तर बेलायतका अधिकारीहरुले भने यहाँ हरेक दिन सङ्क्रमितहरु बढ्दै गएको बताएका छन् । मंगलबार सो संख्या केही कमी आएको हो । त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १६७ जनाको यो सङ्क्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार ३७५ जना पुगेको पनि बताइएको छ ।     
     
यहाँ अहिलेसम्म ७७ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।     
     
अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता सङ्क्रमितहरु थपिने र मृत्युको संख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरुले यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमितहरु थपिने गरेका जानकारी दिएका छन् ।सिन्ह्वा