सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २५ गते विश्वासको मत लिने

प्रकाशित समय: बिहिवार, १० : ५२ बजे आश्विन १४ गते



मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २५ गते विश्वासको मत लिने

काठमाडौं, १४ असोज । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २५ गते विश्वासको मत लिने तयारी छ । सरकारमा रहेको दल विभाजन भएको अवस्थामा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

संविधानको धारा १८८ (२) को व्यवस्था अनुसार उनले अन्तिम दिन विश्वासको मत लिन लागेका हुन् । भदौ २६ गते प्रदेश निर्वाचन आयोगले एमाले विभाजन भइ एकीकृत समाजवादी बनेको औपचारिक जानकारी प्रदेशसभालाई दिएको थियो । 
एमालेका १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्यको नेतृत्व अल्पमतमा पर्नुका साथै विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्थामा पुगेको हो । ५६ सांसदसहित एकल बहुमत रहेको एमाले विभाजन भएपछि अल्पमतमा परेको छ ।