सिन्धुपाल्चाेक ,आज राति मेलम्ची नगरपालिका वार्ड नं ९,ज्यामिरे,मिलनचोकमा प्रेसर कुकर बम राखिएको आशंका गरिएको छ।मेलम्ची - ज्यामिरे - ओखरेनी सडक खण्डमा पर्ने उत्त बम को-कस्ले राखेको हो खुल्न सकेको छैन।बम राखिएको ठाउँबाट वार्ड कार्यालय १५० मिटरको दुरीमा पर्छ।नयाँ प्रेसर कुकर रहेको र प्रेसर कुकर कै खोलमा खतरा लेखिएर छाडिएको छ।बिहान सबेरै इन्द्रावती कलेजमा ज्यामिरेबाट पढ्न हिडेका विद्यार्थीले देखेका हुन् । हिजोमात्र देशभरी ५/६ ठाउँमा निर्वाचन गतिविधि विरुद्ध भएको अज्ञात समुहको आक्रमणसंगै यहाँ राखिएको बम निर्वाचन बिथोल्ने समुहले हुन सक्ने आशंका स्थानीय बासिन्दाको छ।सधैं संबेदनसिल क्षेत्रको रुपमा लिईने ज्यामिरेमा यो गतिविधिसंगै सुरक्षा चुनौती थपिएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ