ललितपुर, राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुरका पूर्व जिल्ला कोषाध्यक्षसहित दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आइतबार गोदावरी नगरपालिका वडा न २ विशंखुनारायणमा आयोजित कार्यक्रममा राप्रपाका पूर्व कोषाध्यक्ष चिनियाराम बिष्ट कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् अर्थराज्यमन्त्री उदय शम्शेर राणाले पार्टीमा स्वागत गरे। केही दिन अघि मात्र राप्रपाका क्षेत्र नं १ क्षेत्रीय सभापति पनि कांग्रेस प्रवेश गरेका थिए।
यस्तै आज पार्टी प्रवेश गर्नेहरुमा ध्रुव बहादुर सिलवाल, संजय सिलवाल, सन्तोष सिलवाल, कृष्णबहादुर कार्की, पुनम गिरी, इनु गिरी, देवकी गिरी, भुवन गिरी पार्वति तामाङ, विमला सिलवाल रहेका छन्। यसै गरी गमला गिरी, पार्वती सिलवाल, सवित्रा सिलवाल, राजकुमार सिलवाल, ठुलीकान्छी रोका, दमाई रोका, पम्फुला रोका, रामभक्त सिलवाल, सीता खत्रि, राजेन्द्र लोप्चन, सोमबहादुर स्याङतान, मरिचमान तामाङ लगायतलाई कांग्रेस प्रतिनिधि सभाका उम्मेदवार राणा र प्रदेशसभाका उम्मेदवार ऋषिराम घिमिरले टिका लगाएर पार्टी प्रवेश गराएका हुन्।
कांग्रेसको पालालमा ललितपुर क्षेत्र नं १ मा धेरै विकास भएको र फेरी विकासका कामलाई निरन्तरता दिन कांग्रेसको विजयी हुनुपर्ने भन्दै आफूहरुले कांग्रेसलाई रोजेको पार्टी प्रवेश गर्नेहरुले बताएका छन्। राप्रपाका पूर्व जिल्ला कोषाध्यक्ष विष्टले लोकतन्त्र र विकासका लागि कांग्रेसको विकल्प नभएको बताए।
कार्यक्रममा कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार राणाले बामगठबन्धनका नाममा लोकतन्त्रलाई सिद्याउने खेल सुरु भएको भन्दै सबै लोकतन्त्रवादीहरुलाई एक ठाउँमा उभिन आह्वान गरे। उनले कांग्रेस सधैं जनताको अधिकार र समृद्धिका पक्षमा रहेको समेत बताए। यस्तै प्रदेश सभाका उम्मेदवार ऋषिराम घिमिरेले कांग्रेसले मात्र ललितपुर क्षेत्र नं १ को विकासको नेतृत्व गर्न सक्ने भएकाले कांग्रेसलाई जिताउन सबै मतदाताहरुलाई आग्रह गरे। उनले कम्यूनिष्टहरुले जनताका नाममा सधैं भ्रमको खेति मात्र गर्ने गरेको भन्दै भ्रममा नपर्न मतदाताहररुलाई आग्रह गरे। ललितपुर क्षेत्र नं१ दिनहुँजसो विभिन्न पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गर्नेहरुको भीड नै लाग्ने गरेको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ