काठमाडौं, २४ असोज।बागमती प्रदेशमा पनि एमालेको सरकार लगभग परिवर्तन हुने निश्चित भएको छ । मुख्य मन्त्री शाक्यले विश्वासको मत लिने प्रक्रिया सुरु गर्न प्रदेश सभाको बैठक आज बोलाइएको छ ।
भदौ २ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा पर्नुभएको छ । बागमती प्रदेश सभामा १ सय ९ सदस्य छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद आवश्यक पर्छ । हाल सत्तारूढ नेकपा एमालेसँग ४३ जना सांसदमात्र छन् । उहाँलाई १२ जना अन्य दलका सांसदले समर्थन गरे मात्रै विश्वास पाउने सम्भावना रहन्छ । एमाले बाग्मती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले सरकारले विश्वासको मत लिएपछि बाँकी बिषयमा छलफल गर्ने बताउनुभयो । केन्द्रसँगै अब केही प्रदेशमा पनि सरकारको समिकरण फेर्नुपर्ने माग उठ्न थालेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ