बागलुङ, ३१ असोज।बागलुङको बरेङ गाउँपालिकाले आधारभुत तह (कक्षा १–३) लक्षित स्थानीय पाठ्क्रम तयार गरेको छ । विद्यालय तहको शिक्षामा स्थानीय विषय वस्तुलाई उद्देश्य मुलक, व्यवहारिक, समसामयिक एवं स्तरीय बाउने अभिप्रयाले स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी, र बुद्धिजीविबाट राय सुझाव संकलन गरी पाठ्यक्रम निर्माण गरेको हो ।
पाठ्क्रमको आधारमा चालु शैक्षिक सत्र भित्र नै पाठ्य पुस्तक निर्माण गरी कार्यान्वयनमा लैजाने गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद शर्माले जानकारी दिए । कक्षा १ देखि ३ सम्मको आधारभुत शिक्षा पाठयक्रममा रहेको स्थानीय अंशलाई व्यवहारोपयोगी बनाउन पाठयक्रम विकास गरिएको छ ।चालु शैक्षिक सत्रदेखि नै गाउँपालिकाका सबै सामुदायिक तथा स्थागत विद्यालयमा कक्षा १ देखि ३ सम्म लागु हुनेछ । आधारभुत तह कक्षा १–३ मा साप्ताहिक पाँच पाठ्य घण्टाका दरले बार्षिक १६० कार्य घण्टाको स्थानीय विषय समावेश गरिएको चालिसेको भनाइ छ ।
बालबालिकालाई आफ्नो सामाजिक तथा वातावरणीय परिवेशबारे ज्ञान, सिप प्रदान गर्ने उद्देश्यमा पाठ्यक्रम आधारित छ । पाठयक्रमले बरेङ क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक सांस्कृतिक तथा आर्थिक पक्षलाई समेटेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ