बैतडी ३१ असोज।बैतडीमा सरकारी कार्यालयका भवन संरचनाहरू अपांगमैत्री नहुदाँ अपांगता भएका व्यक्तिहरूलाई समस्या भएको छ । बैतडीका कुनै पनि स्थानिय तहका भवन अपांगमैत्री नभएको अपांगता भएका नागरिकहरूको पुर्नस्थापना केन्द्र बैतडीका अध्यक्ष अम्वादत्त भट्टले बताए ।
सेवा प्रदायक निकाय समक्ष पुग्न नसक्दा अपांगता भएका व्यक्तिका समस्या सरोकारवाला निकायसामु नपुगेको उनले बताए । ‘अपांगतामैत्री संरचना नहुँदा हामी सरोकारवाला व्यक्तिलाई भेट्नै पाउँदैनौँ । हाम्रो आवाज सरोकारवाला निकायसँग नपुग्दा हाम्रा लागि आउने बजेट कता खर्च गर्छन् । केही थाहा छैन् । आएको बजेट उनीहरूकै लागी पुग्दैन् होला हामीलाई के दिन्थे ?’, उनले भने । हरेक भौतिक संरचनाहरू अपांगमैत्री बन्नुपर्नेमा उनको जोड रहेको छ ।
हाम्रो गाउँसमाजमा बिभिन्न प्रकृतिका अपांगता भएका नागरिकहरू रहेका छन् । कोही दुष्टिविहीन छन् भने धेरैजसो हातखुट्टाका अपांग, बोल्न नसक्ने, कान नसुन्ने लगायतका फरक क्षमता भएका व्यक्ति रहेकाछन् ।सरकारी संरचना अपांगमैत्री नबनेको खण्डमा योजना पास नगर्ने नियम भएपनी बैतडीका कुनै सरकारी संरचना अपांगमैत्री नबन्नु दु:खको कुरा भएको दृष्टिविहीन संघका सुदुरपश्चिम प्रदेश सदस्य चन्द्रदेव जोसीले बताए ।
नेपालमा ३० लाख बढी अपांगता भएका व्यक्तिहरू रहेका भए पनि उनीहरूका माग सुनिश्चित हुन नसकेको जोसीले बताए । बैतडीमा बनेका सरकारी भवन, सार्वजनिक शौचालय, धारा, बाटो लगायतका कुनै पनि संरचना अपांगमैत्री नभएको उनले बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ