सुर्खेत, ३ कात्तिक।कर्णाली प्रदेशमा बाढीपहिरोका कारणले सातजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बाढीपहिरोका कारणले करोडौंको धनमाल नष्ट भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढीपहिरोका कारणले हुम्लामा ६ जना कालिकोटमा एक जनाको मृत्यु भएको छ ।
हुम्ला खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँ ७० वर्षीयो धनवीरे शाहीको घरभन्दा माथिबाट पहिरो आई घर पुरिँदा घरभित्र रहेका ५५ वर्षीय कलबहादुर शाही (ज्वाई), उनकी श्रीमती ४० वर्षीया आशा शाही, छोरा १३ वर्षीया अलिन्द शाही, ५ वर्षीया छोरा हुमेस शाही र ३ वर्षीया छोरा जसबहादुर शाहीको मृत्यु भएको हो । त्यस्तै, कालिकोटको महावै गाउँपालिका–७ राम्नी बस्ने विष्णुलाल अधिकारीको घर अविरल वर्षाका कारणमाथिबाट पहिरो आई घर भत्किँदा उनको १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । ११ वर्षीया यूनिषा अधिकारीको दाहिने खुट्टामा चोट लागेको छ ।
जुम्ला हिमा गाउँपालिका–६ बाघबजार बस्ने ३३ वर्षीया रन्ना शाही हिमा नदिले बगाएर ल्याएको दाउरा निकाल्न जाने क्रममा बगेर बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।कालिकोट रास्कोट नगरपालिका-८ पलातिवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनकी छोरी १३ वर्षीया बाँचु न्यौपाने गोठबाट घरतर्फ फर्कने क्रममा घर नजिकै पहिरोमा परी घाइते भएका छन् । न्यौपानेको दुवै खुट्टामा चोट र उनको बाँचु न्यौपानेको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ