काठमाडौं, ४ कात्तिक ।प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोबाट प्रभावित जनतालाई समयमै राहत उपलब्ध गराउने बताउनुभएको छ ।
बाढीपहिराले पु¥याएको क्षतिको अवस्थाबारे जानकारी लिन कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण जानुभएका प्रधानमन्त्री देउवाले मंगलबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले निर्णय गरिसकेको भन्दै समयमै राहत उपलब्ध गराउने बताउनुभएको हो । उहाले एक्कासी आएको बेमौसमी बाढीले ठूलो धनजनको क्षति पु¥याएकोमा आफू दुःखी बनेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा बाढीपहिराले कर्णाली प्रदेशमा पु¥याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिनुभयो । आइतबारदेखि परेको अविरल वर्षाका कारण कर्णालीमा बाढीपहिरामा परी आठ जनाको मृत्यु हुनाका साथै तीनजना घाइते भएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ