एजेन्सी।अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताईवानमाथि हमला गरे अमेरिकाले उसको रक्षा गर्ने चेतावनी दिएका छन् । ‘चीनले ताईवानमाथि आक्रमण गरे त्यसको उपर्युक्त जबाफ दिने प्रतिबद्धता जनाउँछौं,’ राष्ट्रपति बाइडेनले भने ।
तर, ह्वाईटहाउसका प्रवत्ताले राष्ट्रपतिको भनाईले ताइवानप्रति अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको धारणा व्यक्त गरेका छन् । यस्तै, बाइडेनको अभिव्यक्तिले चीनप्रतिको आफ्नो अडानमा कुनै परिवर्तन नहुने ताइवानले जनाएको छ । ताइवानलाई रक्षा गर्ने विषयमा अमेरिकाले लामो समयदेखि अस्पष्ट रणनीति अभ्यास गर्दैै आएको छ । यसको अर्थ चीनले ताइवानमाथि हमला गर्यो भने उसलाई कसरी रक्षा गर्ने भन्ने विषयमा अमेरिका पूर्ण रुपमा अस्पष्ट छ ।
चीनले ताइवानलाई आफूबाट बिभाजित भएको एउटा प्रान्तको रुपमा व्यवहार गर्दै आएको छ जबकी ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न मुलुक ठान्छ ।ताइवानसँग अमेरिकाको कुनै कूटनीतिक सम्बन्ध छैन् तर उसलाई लामो समयदेखि हतियार बिक्री गर्दै आएको छ ।
बाइडेनको अभिव्यक्तिप्रति ताइवानको राष्ट्रपतिको कार्य तटस्थ छ । उसले चीनको दबाबको सामु पनि नझुक्ने र अमेरिकी समर्थनबाट उत्साहित नहुँने जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ