सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

प्रदेश १ का मुख्यमन्त्रीले आइतबार मात्र विश्वासको मत लिने

प्रकाशित समय: शुक्रवार, ०२ : ५५ बजे कार्तिक ५ गते



प्रदेश १ का मुख्यमन्त्रीले आइतबार मात्र विश्वासको मत लिने

विराटनगर, ५ कात्तिक।प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत नलिने भएका छन् । 

 

प्रदेश १ एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरे पनि आइतबारमात्रै विश्वासको प्रस्तावमा मतदान हुने भएको छ ।यद्यपि २४ असोजमा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा दर्ता गराएको विश्वासको मतसम्बन्धी प्रस्ताव आज सदनमा टेबुल हुने भएको छ ।

प्रदेशसभा सचिवालयले विश्वासको मतका लागि प्रदेशसभामा मुख्यमन्त्रीले प्रस्ताव पेश गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।