सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

प्रधानमन्त्री देउवा प्रदेश १ का बाढी प्रभावित क्षेत्रको भ्रमणमा

प्रकाशित समय: आइतवार, ०९ : २४ बजे कार्तिक ७ गते



प्रधानमन्त्री देउवा प्रदेश १ का बाढी प्रभावित क्षेत्रको भ्रमणमा

काठमाडौं, ७ कात्तिक।प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ का बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि प्रस्थान गरेका छन् ।​

 

केही दिनअघि हावाहुरीसहित आएको भारी वर्षाको कारण बाढीपहिरोग्रस्त क्षेत्र प्रदेश नम्बर १ को स्थलगत अवलोकन गर्न उहाँ आज पूर्वी नेपालको अवलोकन भ्रमणमा प्रस्थान गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङसहितको टोली लिएर प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गरेका छन् ।​ प्रधानमन्त्री देउवा नेतृत्वको टोलीले विराटनगर, सुनसरी, इलाम र पाँचथरको स्थलगत अवलोकन गर्नेछ ।

त्यसक्रममा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत उच्च प्रशासनिक तथा सुरक्षा पदाधिकारीहरूमार्फत क्षतिको जानकारी लिने र पीडितहरूलाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । बाढी पहिरोका कारण पाचँथरमा ३० जना र इलाममा १४ जनाको मृत्यु भएको थियो ।