बुटवल, ८ कात्तिक।हिन्दु राष्ट पुन: स्थापनाको पक्षमा जागरण पैदा गर्न भैरहवामा आध्यात्मिक जागरण एकता विराट धर्मसभा सोमबारेखि सुरु भएको छ । अनन्त श्री विभूषित श्री जगतगुरु शंकराचार्य कार्यसमिति सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भएको विराट धर्म सभा सुरु हुनुअघि शोभा यात्रा निकालिएको थियो ।
सिद्धार्थनगर-४ स्थित श्री रामजानकी हनुमान मन्दिर प्रांगणबाट सुरु भएको शोभा यात्रा सिद्धार्थनगरका विभिन्न भागको परिक्रमा गदैै कार्यक्रम स्थल महेन्द्र सभा गृह (पटवा बैंक्वेट) मा पुगेको थियो । शोभा यात्रामा धर्मगुरु तथा विभिन्न धार्मिक संघ-संस्थालगायतको सहभागिता थियो ।श्री गोवर्द्धन मठ पुरी-पीठका प्रमुख शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीजी महाराज धार्मिक सभामा आएका छन् । हिन्दु धर्मका धर्माचार्य तथा धर्म गुरुहरूमा वर्तमान समयमा सबैभन्दा उच्च पदमा रहेका शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीजी महाराज नेपाल आएपछि हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघ-संस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधीशहरू भैरहवामा भेला भएका छन् ।
आध्यात्मिक जागरण एकता विराट धर्मसभा कार्यसम्पादन मूल समितिका संयोजक कृष्णप्रसाद शर्माले अनन्त श्री विभूषित श्री जगतगुरु शंकाराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराजलाई बुद्ध भूमिमा स्वागत गर्न पाउँदा खुसीको अनभुति भएको बताए । आध्यात्मिक गुरु तथा हिन्दु विद्यापीठ स्कुलका संस्थापक प्राचार्य डा. चिन्तामणि योगीले नेपाललाई हिन्दु राष्ट्र बनाउने एक मात्र लक्ष्य रहेको बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ