सिरहा, १० कात्तिक । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले न्यायपालिकाले कार्यपालिकासँग भागवण्डा खोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
सिरहाका पत्रकारसँग दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता यादवले न्यायालयका नेतृत्वले व्यवसायीक मर्यादाकाे पराकाष्टा नाघेको बताए ।
प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा प्रकरणप्रति इंगित गर्दै उनले यसखालको हर्कतले लोकतन्त्र खतरामा पर्ने संकेत दिइरहेकाे बताए ।न्यायपालिकाले व्यस्थापिका र कार्यपालिकाभन्दा पर रहेर काम गर्नुपर्नेमा भागवण्डाको खेलमा लाग्दा व्यवस्थामाथिकै खतरा भएको उनले बताए ।
नेता यादवले राजनीतिक दलमा राजनीतिक आचरण कमजोर हुँदै गएको बताए । पार्टीभित्र पनि लोकतन्त्रको सही अभ्यास हुन नसकेको भन्दै यस्तै अवस्था रहे व्यवस्था नै धरापमा पर्न सक्ने उनले बताए । ‘हामीले हाम्रो नीति, सिद्धान्त र विचारलाई व्यहारमा उतार्न सकेनौं भने यो व्यवस्था नै धरापमा पर्न सक्छ, गणतान्त्रिक लोकतन्त्रलाई सही मानेमा प्रयोग गर्न सबैको भूमिका आवश्यक छ,’ उनले भने ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ