सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

राजनीतिको नाममा विश्वासघात गर्नेलाई जनताले भोट दिँदैनन्-मदन अमात्य

प्रकाशित समय: बुधवार, ०७ : ०१ बजे मंसिर १३ गते



राजनीतिको नाममा विश्वासघात गर्नेलाई जनताले भोट दिँदैनन्-मदन अमात्य

ललितपुर ,७ मंसिर, नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले राजनीतिको नाममा दलाली गर्नेलाई जनताले भोट नदिने वताएका छन् । आज ललितपुरको खोकनामा भएको घरदैलो कार्यक्रमपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै अमात्यले यस्तो वताएका हुन् ।

नेपाली कांग्रेसले ललितपुरका ३ वटै क्षेत्रमा जित हासिल गरेपछि धेरै महत्वपूर्ण कामहरु भएको र जनताको सुख, दुखमा आफुले साथ दिएको उल्लेख गर्दै अमात्यले भने, ‘हामी जनताको सेवाका लागि राजनीतिमा आएका हौं ।

 

राजनीतिमा लागेर व्यक्तिगत स्वार्थ पूरा गरौंला भनेर राजनीतिमा लागेको हैन । राजनीतिलाई पेशा बनाएर खानु छैन । व्यक्तिगत स्वार्थ पूरा गर्नु छैन ।’ खरो स्वभावका अमात्य भन्छन्, ‘ म पार्टी सभापति भएर २०७० सालमा ललितपुरका ३ वटै क्षेत्रमा जिताएको हुँ । यस पटक पनि जिताएरै छोड्छु । यहाँ मैले मात्रै जित्ने कुरा हैन ।

देशै भर कांग्रेसले जित्नु पर्छ, ललितपुरका ९ वटै स्थानमा नेपाली कांग्रेसले जित्नु पर्छ ।’ ललितपुरबाट जितेर गएका कांग्रेसका सांसदले भ्रष्ट्राचार नगरेको दावी गर्दै अमात्यले भने, ‘२०७० मा जितेका हामीले आफ्नो स्वार्थमा लागेनौं, उदयशम्शेर र चन्द्र महर्जनजीले पनि राम्रै काम गर्नु भएको छ ।

 

कान्तिलोक पथको काम राम्रै गतिमा अगाडि वढेको छ । विकास निर्माणका कामहरु राम्रैसंग अगाडि बढेका छन् । त्यसकारण पनि जनताले हामीलाई विश्वास गर्छन् ।’ जनताले कसैलाई नेता वनाएर व्यक्तिगत स्वार्थ पूरा गराउनका लागि भोट नहाल्ने वताउँदै अमात्यले भने, ‘ कसैलाई नेता वनाएर सत्तामा पु¥याउनका लागि जनताले भोट हाल्दैनन्।

 

जनता सचेत छन्, जनताले विकास चाहेका छन् । शान्ति चाहेका छन्। स्थायित्व चाहेका छन्। रोजगार चाहेका छन् । त्यसका लागि भोट हाल्छन् ।

 

कसैलाई नेता वनाएर पैसा कमाउनका लागि भोट हाल्दैनन् । शासक बन्नका लागि भोट हाल्दैनन् । ’ २०४८ सालदेखि २०६४ सालसम्म निरन्तर जितेर पनि केही काम नगरेको प्रति अमात्यको चर्को आक्रोश थियो ।