ललितपुर । ललितपुरमा कांग्रेसको पक्षमा लहर शुरु भएको निष्कर्ष निकाल्दै ललितपुर काग्रेसले ललितपरको ३ वटै क्षेत्रमा कांग्रेस विजयी हुने आँकलन गरेको छ ।
ललिपुरका २ र ३ नम्वर क्षेत्र अन्तगर्त नेपाली कांग्रेस वडा इकाइ समितिका सभापतिहरुको विहीवार सम्पर्क कार्यलय पुल्चोकममा बसेको बैठकले ललितपुरमा नेपाली कांगे्रेसको पक्षमा माहौल बढेको निष्कर्ष निकालेको थियो ।
बैठकमा ललितपुर महानगरपालिकाका १ देखि २९ नम्वर सम्म वडाका वडा इकाइ सभापति, गोदावरी नगरपालिकाका १२ र १४ नम्वर वडाका इकाइ सभापति र महालक्ष्मी नगरपालिकाका १० नम्वर वडाका वडा सभापति,जिल्ला कार्यसमितिका कोषाध्यक्ष तथा सदस्यहरुको उपस्थित रहेको थियो ।
बैठकमा उपस्थित केही वडा सभापतिहरुले आफनो वडामा प्रचार प्रसार समाग्री अपुग भएको गुनासो गरेका थिए भने केही वडा इकाइ सभापतिहरुले आर्थिक समस्या सुनाएका थिए । बैठकको प्रारम्भममा ललितपुर कांग्रेसका कार्यबाहक सभापति तथा प्रचार प्रसार मुल समितिको संयोजक प्रकाशनन्दन जोशीले सानोतिनो मतभेदलाई विर्सेर ललितपुरमा कांग्रेसको पक्षमा लहर ल्याउन वडा इकाइ सभापतिहरुसंग आग्रह गरेका थिए ।
उनले भने,‘यो चुनाव हाम्रो लागि जीवनमरणको विषय हो । सानातिना गुनासाहरु छन भने पनि अहिले विर्सौ र पार्टीलाई जिताउन एक जुट होऔ । ’कम्युनिष्ट पार्टीले ल्याउन चाहेको अधिनायकबादलाई रोक्न पनि यो चुनावमा कांग्रेस विजयी हुन आबस्यक भएको उनको भनाइ थियो ।
उनले भने,‘यो चुनाव लोकतन्त्र रोज्ने कि अधिनायकबाद रोज्ने भन्ने विषयमा एउटा जनमत संग्रह पनि हो । ’ वडा इकाइ सभापतिहरुले आफनो वडामा स्थानीय जनताको भावना कांग्रेसको पक्षमा रहेको बताएको थिए ।उनीहरुले भने, ‘हामी उत्साहित भएका छौ । स्थानीय जनता कांग्रेस जितेको हेर्न चाहन्छन ।’ वडा वडामा कांग्रेसको पक्षमा लहर शुरु भएको पनि उनीहरुले जिल्ला नेतृत्वलाई सुनाएका थिए ।
बैठकले दोश्रो संविधान सभाको निर्वाचनमा झै ललिपतपुरमा कांग्रेसको पक्षमा परिणाम ल्याउन प्रचार प्रसार अभियानलाई तीब्र बनाउने निर्णय गरेकको थियो । कुनै वडामा केही समस्या भए पनि तत्काल समस्याको सामधान गर्ने इकाइ सभापतिहरुले जनाएका थिए ।
बैठकमा करिव २५ स्थानीय नेताको उपस्थिति रहेको थियो । भौगलिक कठिनाइको कारण ललितपुर १ नम्वर क्षेत्रका वडा इकाइ सभापतिहरु भने बैठकमा उपस्थित हुन सकेनन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ