काठमाडौँ, १४ कात्तिक।रुसमा कोरोनाका कारण मृत्यु हुनेदर बढ्दै गएपछि थप कडाई गरिने भएको छ ।
पछिल्लो एक सातादेखि रुसमा दैनिक १ हजारभन्दा बढीको दरले कोरोना सङ्क्रमणका कारण मृत्यु हुन थालेको छ । जसका कारण रुस सरकारले राजधानी मस्कोसहित देशका विभिन्न क्षेत्रमा कडाई गर्ने भएको हो । रुसमा गत २४ घन्टामा मात्रै १ हजार १ सय ६० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै रुसमा कोरोनाका कारण हालसम्म २ लाख ३७ हजार ३ सय ८० जनाको मृत्यु भइसकेको छ । यस्तै रुसमा कोरोनाका कारण सङ्क्रमित हुनेदरपनि बढ्दै गएको छ । गत २४ घन्टामा मात्रै ४० हजार २ सय ५१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
योसँगै रुसमा कोरोनाका कारण हालसम्म ८ लाख ४७ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक रुस भएपछि पछिल्लो समय बढ्दो कोरोना महामारीका कारण राजधानी मस्कोमा लकडाउनको घोषणा गरिएको छ भने अन्य सहरहरूमा पनि प्रतिबन्ध जारी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । मानिसहरूलाई अनावश्यक हिँडडुलमा रोक लगाइएको छ भने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ