सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

ऋषिराम घिमिरेले यसकारण चुनाव जित्नु पर्छ

प्रकाशित समय: आइतवार, ०७ : २८ बजे मंसिर १७ गते



ऋषिराम घिमिरेले यसकारण चुनाव जित्नु पर्छ

ललितपुर,आगामी मंसिर २१ गते देश चुनावमा होमिदै छ।देशले अग्रगमनको गति लिदैछ।अहिले देशमा भन्नैपर्दा दुई दलीय निर्वाचन हुदैछ ।

लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन बिच तीव्र प्रतिस्पर्धा हुँदैछ।

यसैसन्दर्भमा ललितपुर जिल्ला निर्वाचन क्षेत्रनम्बर एकको प्रदेश सभा १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार छन् ऋषिराम घिमिरे। दक्षिण ललितपुरकोम महांकाल गाउँपालिका वडा नम्बर ५ विगतको चन्दनपुर गाविसमा विसं २०१४ सालमा जन्मिएका ऋषिराम घिमिरे ४६ सालको जनआन्दोलनमा सहभागी भएसँगै नेपाली कांग्रेस पार्टीको सक्रिय राजनीतिमा होमेका व्यक्ति हुन्।

 

नेपाली कांग्रेस पार्टीको तीनपटकमा महाधिवेशन प्रतिनिधि ललितपुर जिल्ला सदस्य जिल्ला प्रशिक्षण विभाग प्रमुख हुँदैन कुशल राजनीतिज्ञ पात्रका रुपमा नाम लेखाउन सफल भएका उमेद्वार हुन् ।

यीनै समाजसेवी जनताका विश्वासपात्र राजनीतिज्ञ ऋषिराम घिमिरेले ललितपुर प्रदेशसभाको तर्फ चुनाव जित्नै पर्ने केही कारणहरु छन् ।

 

  • पर्यटक उमेदवार नभई स्थानीय जनता बीच भिजेका स्थानीय व्यक्ति
  • २०४९ र २०५४ सालमा स्थानीय निर्वाचनमा साबिक चन्दनपुर गाविस अध्यक्ष भई जनताको मन मस्तिष्कमा बस्न सफल व्यक्ति
  • गाविस अध्यक्ष भइ विकास निर्माण तथा प्रशासनिक कार्य सञ्चालन कार्य गर्न दक्ष व्यक्ति
  • दक्षिण ललितपुर मै पहिलो सहकारी अभियान्ताका रुपमा जनताको आयआर्जन वृद्धि गराउन लागि परेका व्यक्ति
  • ललितपुर जिल्लालाई चिया,कृषि पर्यटन क्षेत्रको रुपमा विकास गराउन लागिपरेका व्यक्ति
  • गणेशमानसिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर मार्फत गरीब दुखी असाय वर्गलाई निःशुल्क उपचार गराई समाजसेवामा अग्रसर व्यक्ति
  • शिक्षा क्षेत्रमा समेत विभिन्न स्कुल र कलेजहरूमा गरीब दुखी तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिँदै शिक्षा क्षेत्रमा समेत आफ्नो जिम्मेवारी बहन गरेका व्यक्ति
  • आफ्नै उद्योग कलकारखानामा रोजगारी सिर्जना गरी बेरोजगार वर्गलाई रोजगारी दिलाउन सफल व्यक्ति
  • ललितपुर जिल्लालाई सवल सक्षम नेपालकै नमुना जिल्ला बनाउन जनताको एक प्रतिनिधि हुन आएका व्यक्ति

 

माथि उल्लेखित सहित अन्य थुप्रै कारणहरू छन् जसबाट यो ललितपुर जिल्लाको सम्वृद्धि संभव छ र हुनेछ के कारणले गर्दापनि ऋषिराम घिमिरेले यो चुनाव जित्नु पर्दछ।

प्रदेशसभामा निर्विकल्प कृषि तथा सहकारीमन्त्री का रुपमा समेत ऋषिराम घिमिरे लाई यस क्षेत्रका जनताले हेर्न थालिसकेका छन्।

 

यो क्षेत्रका जनता मंसिर २१ गते नेपाली कांग्रेस पार्टीको रुख चिन्हमा मतदान गर्न आतुर भएका छन। अन्य दलका नेता-कार्यकर्ता समेतले ऋषिराम घिमिरेलाइ चुनाव जिताउन पर्दछ र उनले नै जित्नुपर्छ भन्दै चिया पसल चोक गल्लिमा समेत उनकै चर्चा गर्दै बसेको पाइन्छ।

 

वामगठबन्धनबाट उम्मेदवार भएकी सुशीला पुनः लाई उनकै गठबन्धनबाट समेत सहयोग नहुने निश्चितप्रायः छ। नेपाली कांग्रेसको कोखदेखि शोकसम्म भन्ने चुनावी नारा यसभन्दा अगाडि मूर्तरूप दिइसकेका ऋषिराम घिमिरेले चुनाव जित्नु अनिवार्य छ।