सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

उदय देशकै आशलाग्दा नेता हुन: बलबहादुर केसी

प्रकाशित समय: सोमवार, ०४ : ०८ बजे मंसिर १८ गते



उदय देशकै आशलाग्दा नेता हुन: बलबहादुर केसी

ललितपुर ,ललितपुर नेपाली काङ्ग्रेसका प्रभावशाली नेता बलबहादुर केसीले उदय शम्शेर राणा देशकै नेता भएको बताएका छन।

 

गोदावरीमा आयोजित आमसभालाई सम्बोधन गर्दै केसीले राणा देशले आशा गरेको नेता भएको बताए। उनले भने, उदय शम्शेर तपाईंको जिल्लाको मात्र नेता होइन उहाँ देशकै नेता हुन र भोलि यो देशको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता हुन।

विदेशमा पढेलेखेको मान्छे भएको भन्दै उनले उदयजस्तो नेता पाउनु ललितपुरवासीको लागि गौरवको विषय भएको उल्लेख गरे। 'उदयसङ्ग लामो राजनीतिक अनुभव छ, योगदान छ' केसीले भने, 'उनले चार वर्षमा आफ्नो क्षमता पनि प्रदर्शन गरिसकेका छन।

' केटाको चालचलन नबुझी छोरी दिन्दा दुख पाइने संस्मरण गराउदै नेता केसीले भने, 'आज केही व्यक्ती उम्मेदवार भन्दै तपाइँसङ्ग मत माग्न आइरहेका छन, यदि तपाइहरुले ख्याल गर्नु भएन भने दुख पाउनुहुन्छ।' उनले उदय सम्शेरको विकल्प नसोच्नसमेत आग्रह गरे।