काठमाडौं, २४ कात्तिक । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा (आठौं, सातौं) मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।
आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको हो । तृतीय श्रेणी प्राविधिकमा १६३ जनाका लागि विज्ञापन आह्वान भएको छ भने संघीय संसद सेवा (प्राविधिक) का लागि ७ सिट छुट्याइएको छ । यसैगरी, स्वास्थ्य सेवा आठौँ तहका लागि ४२ र स्वास्थ्य सेवा सातौँ तहका लागि ५६ जना माग गरिएको छ । १४ मंसिरभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ