कञ्चनपुर, २५ कात्तिक।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस कम्युनिस्टजस्तो भोटको व्यापारी नभएको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर २ स्थित कृष्णपुर नगरपालिका-२ मा आरक्ष पीडितसँगको अन्तरक्रियामा नेता साउदले कांग्रेसले इमान नभएको राजनीति नगर्ने बताए ।शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको राष्ट्रिय निकुञ्ज) बाट विस्थापितहरुको पुनर्स्थापनाका नाममा २२ वर्षदेखि भोट राजनीति भएको भन्दै अब कांग्रेसले यो समस्या समाधान गर्ने साउदको भनाइ छ ।
‘भूमि अधिकारलाई संविधानले मौलिक अधिकारको रुपमा सुनिश्चित गरेको छ । यो भूमिको अधिकार हरेक नागरिकले पाउनुपर्छ,’ नेता साउदले भने, ‘हामी भोटका व्यापारी होइनौं । इमान नभएको राजनीति गर्न हामीले जानेका छैनौं ।’कांग्रेसले आरक्षपीडित तथा भूमिहीनका समस्या समाधान गर्नेमा जोड दिँदै उनले कञ्चनपुरमा तत्कालीन शक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित आरक्षपीडितका नाममा कटान भएको जग्गा अरुले नै कब्जा गरिसकेकोमा चिन्ता व्यक्त गरे । ‘आरक्षपीडितका नाममा कटान भएको जग्गा अरुले नै कब्जा गरिसके । आरक्षपीडित हेरेको हेर्यै भए । विवेकले जुनी एकै हुन्छ । अर्को जुनीका लागि सपना सजाएर मात्र यो समस्या समाधान हुन सक्दैन,’ साउदले भने, ‘शासन गर्नका लागि मात्र राज्य बनेको छ भने त्यो राज्य अर्थहीन छ । राज्य समाजको गोठालो हो ।’
विगत २२ वर्षदेखि आरक्षपीडितका समस्या समाधान हुन नसकेको प्रति उनले दुःख व्यक्त गरे । ‘२२ वर्ष भइसकेको छ । मलाई पनि पीडा छ,’ नेता साउदले भने । सरकारले आरक्षपीडितको समस्या समाधान सहज बनाउन मुआब्जा दिने निर्णय गरेपछि धेरै समस्या समाधान भएको उनले जिकिर गरे । ‘समस्या समाधान होस् । कसैको घर बनोस्, जग्गा बनोस् । न बिजुली छ, न खानेपानी छ,’ नेता साउदले भने, ‘दशकौंदेखि एउटै पीडा भोगिरहेका छन् । अब त्यो समस्या समाधान हुन्छ । दुई चार जनालाई जागिर दिने उद्देश्यमा कांग्रेस छैन ।’
नेता साउदले भूमि आयोग बनिसकेको भन्दै भूमिहीनका समस्या पनि समाधान हुने र लालपूर्जा बाँड्ने काम पनि सुरु भइसकेको जानकारी गराए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ