सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

ललितपुरमा दुर्लभ जन्तु सालक भेटीयो, बुझाइयो सदर चिडियाखाना

प्रकाशित समय: सोमवार, ०८ : २८ बजे पुष ३ गते



ललितपुरमा दुर्लभ जन्तु सालक भेटीयो, बुझाइयो सदर चिडियाखाना

पुस ३ सोमबार,ललितपुरको नल्लुमा दुर्लभ बन्यजन्तु सालक फेला परेको छ।आज बिहान कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ नल्लुमा फेला परेको थियो।

 

स्थानीय बासिन्दाले सालक भेटेपछि वडा अध्यक्ष तीर्थ बहादुर घलानलाई खबर गरेका थिए। अध्यक्ष घलानले महानगरीय प्रहरी वृत्त चापागाउँमा खबर गरे।

 

वृतका प्रहरी प्रमुखले जिल्ला वन कार्यालय ललितपुरमा सम्पर्क गर्नुहुन भनेपछि अध्यक्ष घलानले जिल्ला वन कार्यालयमा खबर गरी आफ्नै सवारीमा सालकलाई राखी जिल्ला वन कार्यालय पुगेका थिए।

 

जिल्ला बन कार्यालयले आवश्यक प्रक्रिया पुरा गरी उक्त दुर्लभ वन्यजन्तु सालकलाई सदर चिडियाखाना जावलाखेलमा बुझाएको छ। सालक बुझाउन जिल्ला वनका कर्मचारीसँगै अध्यक्ष घलान जावलाखेल पुगेका थिए।

 

सालक दुर्लभ वन्यजन्तु भएकोले सरकारले त्यसको खरिद विक्रीको लागि प्रतिबन्ध लगाएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०४९ को दफा २० उपदफा १ अनुसार दुर्लभ वन्यजन्तुको ओसारपसार तथा खरिद बिक्री गरेमा सोही ऐनको दफा २६ को उपदफा १ अनुसार ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने स्पष्ट उल्लेख गरिएको छ।

कस्तो जनावर हो सालक ?

एक लोपोन्मुख वन्यजन्तु हो। यो जनावर प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू-भागमा पाइन्छ।

 

यसको शरीरमा ठुलाठुला कत्लाले ढाकको हुन्छ। यस बाहेक खबटा मुनि पहेँला जगरजस्ता रौं पनि उम्रेका हुन्छन्। यि रौं कत्लाको बीचबाट बाहिर निस्केको देखिन्छ र रौं धेरै हुँदा सालक सुनौलो पहेँलो रंगको देखिन्छ।

 

यसले पुच्छरको सहायताबात रुखको हाँगामा झुन्डिन सक्छ। यो जनावरले आफुलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुँडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ। यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले एकै ठाउँमा टाँसिएर गुँडुल्किरहन सक्छ। विश्वभर आठ जातिका सालक पाइन्छन् ।

 

नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् ।तर पनि धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौंको नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पनि पाइने वन्यजन्तुविज्ञ बताउँछन्।

 

२ हजार ५ सय मिटर उचाइको सालको जंगलमा भेटिने सालकको दाँत हुँदैन । तर, ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले धमिरा र कमिलाको प्रायः धमिरा र कमिला खान्छ।

 

राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ। कतैबाट आक्रमणको चाल पाउँदा डल्लो परेर बस्छ ।