सर्लाही, २६ कात्तिक।निर्वाचन अधिकृतले नै राजीनामा दिएर हिडेपछि सर्लाहीमा शनिवारका लागि तय भएको कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । केन्द्रीय निर्वाचन समितिले सर्लाहीको लागि निर्वाचन अधिकृतको रुपमा खटाएको विनोद कार्कीले शुक्रवार बिहान राजीनामा दिएर काठमाडाैं फर्किएका हुन् ।
कांग्रेस जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको विवाद र दबाबका कारण निर्वाचन अधिकृत पदबाट राजीनामा दिएको कार्कीले संकेत गरेका छन् । आसन्न निर्वाचनमा जिल्ला सभापतिको दावेदार उनीहरूबीच पालिका तथा वडास्तरमा पनि उत्तिकै प्रतिस्पर्धा हुने देखिएको छ । हालका जिल्ला सभापति नागेन्द्रकुमार राय कांग्रेस केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । जिल्लामा कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणमा समेत विवाद थियाे ।
जिल्ला सभापति नागेन्द्रकुमारको दबाब खेप्न नसकेर निर्वाचन अधिकृतले राजिनामा बुझाएको लक्ष्मण रायको भनाइ छ । ‘जिल्ला सभापतिले निर्वाचन अधिकृतलाई कामै गर्न दिएनन् ।’ उनले भने, ‘सबै कुरा मैले भनेको मात्र गर, नत्र जाउँ भनेकाले उहाँ जानुभएको छ । यसको जिम्मा सबै सभापतिज्यूले लिनुपर्छ ।’ जिल्ला सभापति रायले भने पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षकोे कारण निर्वाचन अधिकृत काम गर्न नसकेर राजीनामा दिएर गएका दावी गरेका छन् ।
यता, निर्वाचन अधिकृतबाट राजीनामा दिएका कार्कीले भने दुई पक्षको दबाब थेग्न नसकेर राजीनामा दिएको बताएका छन् । उनले संचारकर्मीहरूसँग एक पक्षले एक थरी र अर्को पक्षले अर्कै थरी कुरा गर्दा निर्वाचन गराउन सक्ने अवस्था नदेखिएकोले राजीननामा दिनुपरेको बताएका हुन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ