नवराज सापकोटा पनौती । पनौतीमा रहेको गोरखनाथ युबा क्लबले आफ्नो स्थापना दिबसको अबसर पारेर जाडोको समयमा न्यानो बाड्ने हाम्रो प्रयास भन्ने मुल नाराका साथ बृद्ध बृद्धाका लागि कम्बल वितरण गरेको छ ।
वितरण कार्यक्रममा गायक तथा नायक यस कुमार तथा स्थानीय समाजसेवीहरु तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम उपस्थित स्थानीय समाजसेवी जगननाथ गिरीले समाजमा भएका बिकृति विसंगति हटाउनका लागि युवाहरुको महत्वपूर्ण भूमिका रहने बताउँदै यसका लागि गोरखनाथ युवा क्लबको भूमिका महत्वपूर्ण रहेको बताए ।
क्लबले बृद्धा बृद्धाका लागि कम्बल वितरण कार्यका लागि आफूले आवश्यक सामग्री उपलब्ध गराउनुका साथै सक्दो सहयोग गर्ने बताए । अर्का वक्ता तुइकाजी ताम्राकारले परिवार र समाजलाई असल बनाउन सबैले मेहनत गरेकै हुन्छ तर पनि आफ्नै सन्तानले बेबास्ता गर्दा सारै समाजमा विकृति बढेको बताए । तर असल समाज निर्माण गर्नु आजको आबश्यकता हो यसका लागि समाजका सबै जिम्मेवार हुनुपर्ने बिचार ब्यक्त गरेका छन् ।
कार्यक्रममा वडा नं ६ का वडाअध्यक्ष सुधिर सापकोटा, वडा नं ८ का वडा अध्यक्ष केशव बञ्जारा, साहित्यकार सूर्य प्रसाद लाकोजुको उपस्थिति रहेको थियो । कार्यक्रममा पनौतीको बृद्धा आश्रममा बस्ने,तथा स्थानीय गरिब विपन्न बृद्ध बृद्धाका लागि कम्बल वितरण गरिएको थियो ।
कम्बल वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि यस कुमारले बाच्ने अधिकार सबैको भएकोले कोही कसैले विभेदको महसुस नगरि सम्मान पूर्वक जिउन पाउनुपर्ने बताए । कसैले पनि बलको घमण्ड गरेर बुढाबुढीआमाबुबालाई बेबास्ता नै उसको जिबनको असफलतालाई निम्त्याउनु हो उनको भनाई थियो ।
कार्यक्रमका सभापति तथा क्लबका अध्यक्ष सुदिप न्यौपानेले क्लबले निकट भविष्यमै नगरका सबै वडाका यस प्रकारका बृद्ध बृद्धालाई लक्षित गरी यस प्रकारको कार्यक्रम संचालन गर्ने बताए ।
क्लबले सफा पनौती सुन्दर पनौती भन्ने नाराका साथ पनौती क्षेत्रमा सरसफाई लगाएत विभिन्न सामाजिक कार्य संचालन गर्दै आएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ