बैतडी, ११ मंसिर । नेपाली कांग्रेस बैतडीका सबै पदको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यसअघि जिल्ला कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरूको मतगणना सम्पन्न भएकोमा शुक्रबार राति जिल्ला सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको हाे ।
मतदान प्रक्रियाबाट चयन भएका बैतडीका ४०जना जिल्ला सदस्यहरूको नामावली सार्वजनिक भएको सहायक जिल्ला निर्वाचन अधिकृत बिष्णु अवस्थीले बताए । जिल्ला कार्यसमिति सदस्य पदमा गीता जोशी, देवेन्द्रबहादुर ऐर, करनसिंह कठायत, चक्रबहादुर चन्द, राजु ऐरी (बोहरा), अम्मरबहादुर धानुक, निराजनप्रसाद भट्ट, बागमति ऐर (निर्विरोध), कृष्णसिंह धामी तथा देवकी धामी चयन भएका छन् ।
यसैगरी जयबहादुर कुवर, मञ्जु बोहरा, चक्रप्रसाद शर्मा, रमेशबहादुर बोहरा, बेलु क्षेत्री, ताराकुमारी भट्ट, बसन्ती कार्की, नरेन्द्र चन्द, मञ्जु चन्द, श्रवणकुमार ठगुन्ना, निर्मला विष्ट (ठगुन्ना), राजेन्द्रसिंह कार्की, झापु महता, राजेन्द्रप्रसाद कलौनी, अमर बोहरा, उद्धवसिंह ढांट, कर्णबहादुर राना, केदारनाथ अवस्थी, केशवराज जोशी, छविराज जोशी, जयदेव भट्ट, हिरेन्द्रबहादुर बम, अम्बिका अवस्थी, कलावती बिष्ट, कृष्णा चन्द, तुलसी ठगुन्ना, धनमती चन्द, निर्मला चन्द, बिमला औजी र विमला महर निर्वाचित भएकाछन् । पार्टीको जिल्ला सदस्यमा समेत सभापती चतुरबहादुर चन्द प्यानलकै व्यक्तिहरू विजयी भएकाछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ