सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ९ बैशाख २०८३ / Wednesday, 22 April 2026

भक्तपुरमा फेरि पनि थापा र कवेबीच सभापतिका लागि प्रतिस्पर्धा

प्रकाशित समय: शनिवार, १० : ४१ बजे मंसिर ११ गते



भक्तपुरमा फेरि पनि थापा र कवेबीच सभापतिका लागि प्रतिस्पर्धा

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको छ । १३औं महाधिवेशनमा पनि थापा र कवेबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन पक्षका थापाले प्रकाशमान सिंह निकट कवेलाई पराजित गरेका थिए । 

वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा संस्थापन र इतर पक्षको बराबरी प्रतिनिधि चयन भएका छन् । महाधिवेशन प्रतिनिधिमा पनि दुवै पक्षका बराबरीजसो निर्वाचित भएकाले सभापतिमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।