गुल्मी, ११ मंसिर।नेपाली कांग्रेस गुल्मीको अधिवेशनमा मुसिकोट नगरपालिका मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ । मुसिकोट नगरपालिको मतदान केन्द्रमा मतपत्रमा संकेत उल्लेख गरेर मतदान गरिएको भन्दै सभापतिका उमेदवार बेदबहादुर थापा मगरले विरोध जनाएपछि मतदान प्रक्रिया रोकिएको हो । थापा मगरले निर्वाचन अधिकृतलाई मतदान प्रक्रिया स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए । मुसिकोटबाहेक अरु स्थानीय तहको मतदान भने सकिएको छ ।
उमेदवारहरूबीच सहमति भएपछि मात्रै मतदान सुरू हुने कांग्रेसका निवर्तमान सभापति भुवनप्रसाद श्रेष्टले जानकारी दिए । उनले सहमतिको प्रयास भए पनि आजै मतदान हुने सम्भावना कम भएको बताए । जिल्ला अधिवेशनमा सभापतिमा खिलध्वज पन्थी र बेदबहादुर थापा मगर, उपाध्यक्षमा शिव केसी, अनन्तराम पौडेल र झविन्द्र विश्वकर्मा, सचिवमा भगतसिंह खड्का, जगदिश भटराई, पृथ पौजदार र पूर्ण केसीले उम्मेदवारी दिएका छन् । सहसचिवमा निरोज मरासिनी, रेशम कुँवर, छवि पाण्डेय र धर्म पाण्डेले उम्मेदवारी दिएको निर्वाचन सहायक अधिवक्ता भिम न्यौपानेले जानकारी दिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ