सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

सर्लाहीकोमा दुई बच्चासहित आमा मृत फेला

प्रकाशित समय: आइतवार, ०३ : १६ बजे मंसिर १२ गते



सर्लाहीकोमा दुई बच्चासहित आमा मृत फेला

सर्लाही, १२ मंसिर।सर्लाहीको बरहथवामा दुई सन्तानसहित एक महिला मृत फेला परेकी छन् ।

 

बरहथवा नगरपालिका-१, स्थित नयाँ बजार बस्ने शिव हजाराकी श्रीमती अन्दाजी २५-२६ वर्षकी कविता हजारा, अन्दाजी ६ वर्षकी एक छोरी र चार वर्षका एक छोरा आइतबार मृत फेला परेका हुन् ।महिला घरमै झुन्डिएको अवस्था र बालबालिका भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुडाथोकीले जानकारी दिए ।

 

बिहान सवेरै स्थानीयले झुन्डिएको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याएको छ । श्रीमान् शिव केही वर्षयता वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका स्थानीयले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

 

एकै परिवारका तीन जना मृत फेला परेपछि नयाँ बजार क्षेत्र यतिवेला शाेकमा डुबेको छ । पोष्टमार्टक रिपाेर्टपछि मात्र घटनाका विषयमा भन्न सकिने प्रहरीको भनाइ छ ।