सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

कांग्रेस गुल्मी सभापतिमा पन्थी निर्वाचित

प्रकाशित समय: सोमवार, ०९ : २० बजे मंसिर १३ गते



कांग्रेस गुल्मी सभापतिमा पन्थी निर्वाचित

गुल्मी, १३ मंसिर । नेपाली कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी  निर्वाचित्त भएका छन् । जिल्लाकाे आठौँ अधिवेशनबाट पन्थीसहित पदाधिकारीमा पौडेल पक्षको प्यानल नै विजयी भएको हाे ।

पन्थी १ हजार २७१ मतसहित विजयी हुँदा देउवा पक्षका सभापतिका उम्मेदवार बेद थापा मगरले ३ सय ८४ मतमा चित्त बुझाए । उपसभापतिमा शिव केसी र अनन्तराम पौडेल विजयी भएका छन् । सचिवमा भगतसिंह खड्का र जगदिश भट्टराई विजयी भएको निर्वाचन सहायक भीम न्यौपानेले जानकारी दिए । सहसचिवमा छवि पाण्डे र धर्म पाण्डे विजयी भएका छन् । सदस्यमा कृष्णप्रसाद पोख्रेल, धिरेन्द्र केसी, लिलाधर आचार्य, पदम विष्ट र लोकप्रसाद खरेल विजयी भएका छन् ।