विराटनगर, १३ मंसिर । नेपाली कांग्रेस मोरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्याउन नसकेपछि पुनः मतदान हुने भएको छ । सभापति पदका लागि खसेको कुल ३ हजार ३६० मतमध्ये संस्थापन समूहका दिलीप गच्छदारले १ हजार १६६, संस्थापन इतरका डिगबहादुर लिम्बुले १ हजार ५४४ र सिटौला समूहका यदु विष्टले ५६३ मत प्राप्त पाएका थिए ।
कांग्रेसको विधानमा सभापति हुन खसेको मतको ५१ प्रतिशत मत आउनुपर्ने प्रावधान भएका कारण पहिलो चरणमा कोही पनि सभापति बन्न सकेनन् ।
तीनै जनाले खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुने अवस्था आएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए ।
'उहाँहरू आफैँ सहमति गरेर आउनु भयो भने निर्वाचन गर्नु पर्दैन' उनले भने, 'नत्र फेरि निर्वाचनको मिति तय गरेर निर्वाचन गराउँछौँ ।'
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ